भारतमा कोरोनाबाट सङ्क्रमितको सङ्ख्या घट्दो

भारतमा कोरोनाबाट सङ्क्रमितको सङ्ख्या घट्दो

२०७८, जेठ २१ शुक्रवार

  • 1.6K
    SHARES

  • भारतमा कोरोनाबाट सङ्क्रमितको सङ्ख्या घट्दो

    नयाँ दिल्ली । भारतमा कोरोनाभाइरसबाट सङ्क्रमित र मृतकको सङ्ख्यामा कमी आउन थालेको छ । 

    सरकारी अधिकारीहरुले शुक्रबार दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा अघिल्लो दिनभन्दा एक हजार ७९० जना कम सङ्क्रमित थपिएका छन् । 

    भारतमा अघिल्लो दिन एक लाख ३४ हजार १५४ जना सङ्क्रमित थपिएकोमा भोलिपल्ट अर्थात् पछिल्लो २४ घण्टामा एक लाख ३२ हजार ३६४ जना नयाँ सङ्क्रमित थपिएका हुन् ।  

    केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले भारतमा अहिलेसम्म कुल दुई करोड ८४ लाख ४१ हजार ९८६ जना कोरोनाभाइरसबाट सङ्क्रमित भएको जनाइएको छ ।

    सक्रिय सङ्क्रमितको सङ्ख्यामा पनि अहिले कमी हुदै गएको छ । अहिले भारतमा दुई लाखभन्दा कम मात्रै सक्रिय सङ्क्रमितहरु रहेको जनाइएको छ । 

    भारतमा कोरोनाभाइरसको संक्रमणका कारण हालसम्म तीन लाख ४० हजार ७०२ जनाको मृत्यु भएको छ । ती मध्ये दुई हजार ७१३ जनाको पछिल्लो २४ घण्टामा मृत्यु भएको हो । 

    भारतीय स्वास्थ्य अनुसन्धान परिषदका अनुसार भारतमा कूल ३५ करोड ७४ लाख नमुना परीक्षण गरिएको छ । बिहीबार एकै दिन २० लाख ७५ हजार नमुनाको परीक्षण गरिएको परिषदको भनाई छ । 

    यसैबीच, भारतको स्वास्थ्य मन्त्रालयले देशभर २२ करोड ४१ लाख डोज खोप लगाइएको जनाएको छ जसमा एक डोज र दुई डोज लगाएका व्यक्ति सामेल छन् । -एजेन्सी । 

    २०७८, जेठ २१ शुक्रवार०१:३२:५४

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार