दिल्लीका मुख्यमन्त्रीद्वारा कोरोनाको तेस्रो लहर विरुद्ध अहिलेदेखि नै तयारी

दिल्लीका मुख्यमन्त्रीद्वारा कोरोनाको तेस्रो लहर विरुद्ध अहिलेदेखि नै तयारी

२०७८, जेठ २१ शुक्रवार

  • 2.1K
    SHARES

  • दिल्लीका मुख्यमन्त्रीद्वारा कोरोनाको तेस्रो लहर विरुद्ध अहिलेदेखि नै तयारी

    नयाँ दिल्ली । भारतको दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले कोरोनाभाइरसको तेस्रो महामारी विरुद्ध तयारी सुरु गर्नुभएको छ । 

    उनले सरोकारवालाहरुसँग यसअघि झै शुक्रबार पनि छलफल गर्न लाग्नु भएको अधिकारीहरुले जनाएका छन् । तेस्रो चरणको महामारीका बेलामा हुन सक्ने सम्भावित क्षति र त्यसको न्यूनीकरण तथा नियन्त्रणका लागि गर्न सकिने उपायहरुका बारेमा उनले परामर्श लिन लागेका हुन् ।  

    दिल्ली सरकारले तेस्रो महामारी विरुद्ध लड्नका लागि तयारी गर्न गत मे २७ मा १३ सदस्यीय एउटा समिति समेत गठन गरेको छ । 

    उनीहरुले पनि विज्ञ तथा सरोकारवालाहरुसँग छलफल गरेर सरकारलाई सुझाव दिने उनले जानकारी दिए ।  

    स्वास्थ्य सेवाका लागि आवश्यक भौतिक संरचना, अक्सिजन प्लान्ट, औषधीको पर्याप्ततालगायतका विषयमा ध्यान दिनु पर्नेमा अधिकांशको सुझाव रहेको पाइएको छ । 

    मुख्यमन्त्री केजरीवालले अर्को ८ सदस्यीय विज्ञ टोली पनि बनाएका छन् । त्यसले तेस्रो चरणको महामारी व्यवस्थापनमा सुझाव सल्लाह दिने बताइएको छ । -एजेन्सी । 

    २०७८, जेठ २१ शुक्रवार०३:२७:०७

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार