बेलायतमा दुई महिनापछि सबैभन्दा धेरै सङ्क्रमित भेटिए

बेलायतमा दुई महिनापछि सबैभन्दा धेरै सङ्क्रमित भेटिए

२०७८, जेठ २३ आइतवार

  • 1.0K
    SHARES

  • बेलायतमा दुई महिनापछि सबैभन्दा धेरै सङ्क्रमित भेटिए

    लन्डन । बेलायतमा दुई महिना यता सबैभन्दा धेरै कोरोनाका सङ्क्रमित भेटिएका छन् । यहाँको सरकारी निकायले सार्वजनिक गरेको तथ्यांकमा यहाँ शुक्रबार दुई महिना यताकै धेरै सङ्क्रमित भेटिएका विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

    शुक्रबार यहाँ ६ हजार २३८ जना कोरोना भाइरसका सङ्क्रमित भेटिएका हुन् । यो संख्या बेलायतमा करिब दुई महिना यताकै धेरै हो । यहाँ अहिलेसम्ममा देशभरिमा कोरोनाका ४५ लाखभन्दा बढी सङ्क्रमित भेटिएका पाइएको छ । यहाँ कोरोना भाइरसबाट अहिलेसम्म कम्तीमा १ लाख २७ हजार जनाको ज्यान गएको पनि पाइएको छ । 

    अधिकारीहरुले पछिल्लो समयमा फेरि बेलायतमा दैनिक देखिने संक्रमितहरुको संख्या बढ्न थालेको बताएका छन् । -एजेन्सी । 

    २०७८, जेठ २३ आइतवार०६:५८:३१

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार