युलेस सिटी काउन्सिल मेम्बरमा पौडेल विजयी

युलेस सिटी काउन्सिल मेम्बरमा पौडेल विजयी

२०७८, जेठ २३ आइतवार

  • 1.2K
    SHARES

  • युलेस सिटी काउन्सिल मेम्बरमा पौडेल विजयी

    टेक्सास । अमेरिकाको टेक्सास राज्यस्थित युलेस सिटी काउन्सिल मेम्बरमा नेपाली मूलका टीका पौडेल विजयी भएका छन् ।

    स्थानीय समयानुसार शनिबार राति सम्पन्न मतगणनामा प्रतिद्वन्द्वी एरिक बन्सलाई हराउँदै पौडेल दुई वर्षका लागि सिटीको मेम्बर निर्वाचित भएका हुन् ।  

    चितवनका बासिन्दा रहेका पौडेलले आफ्नो विजयले सबै नेपालीको जीत भएको बताए । नेपालमा रहँदा पौडेल प्राध्यापन पेशामा संलग्न थिए ।

    गत मे १ मा पहिलो चरणको निर्वाचन भएको थियो । यो निर्वाचनमा कुनै पनि उम्मेदवारले विजय हुनका लागि आवश्यक ५० प्रतिशत मत पाउन नसकेपछि पहिलो चरणमा बढी मत ल्याउने उम्मेदवारबीच ‘रनअफ राउन्ड’मा चुनाव भएको थियो ।

    २०७८, जेठ २३ आइतवार०२:३०:५७

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार