काठमाडौं । काठमाडौं महानगर ३१ वडाको कोभिड -१९ विरुद्धको खोप केन्द्र इपिएस स्कूल, मिनभवन तोकिएको छ ।
सरकारले ६०-६४ वर्ष (जन्म मिति: वि.सं २०१४-२०१८) सम्मका उमेर समूहलाई जेठ २५ गतेबाट खोप संचालन गर्ने निर्णय गरेको छ ।
वडाले उमेर समूह अनुसार मिति राखिएको हुनाले सोहि बमोजिम गर्न पनि सूचनामा जनाएको छ ।
त्यसै गरि कोभिशिल्ड खोपका लागि पहल भईरहेको र खोप लगाउन बाँकी महानुभावहरुलाई अनलाईन फारम भर्न प्रदेश सांसद गणेश प्रसाद दुलालको सचिवालयले पुनः स्मरण समेत गराएको छ ।
खोप सम्बन्धी सूचना:
