बूढानीलकण्ठमा मङ्गलबारदेखि खोप लगाइँदै

बूढानीलकण्ठमा मङ्गलबारदेखि खोप लगाइँदै

२०७८, जेठ २४ सोमवार

  • 1.7K
    SHARES

  • बूढानीलकण्ठमा मङ्गलबारदेखि खोप लगाइँदै

    काठमाडौँ । बूढानीलकण्ठ नगरपालिकाले कोभिड –१९ विरुद्धको  चाइनिज भेरोसेल खोप यही जेठ २५ गतेदेखि उपलब्ध गराउने भएको छ ।

    साठीदेखि ६४ वर्ष उमेर समूहलाई तीन दिनसम्म बिहान ११ देखि अपराह्न ४ बजेसम्म पहिलो मात्राको खोप उपलब्ध गराइने छ । 
    नगरवासी र वरपरका बासिन्दालाई पनि सो खोप उपलब्ध गराइने प्रवक्ता तथा वडा नं १० का वडाध्यक्ष नवराज भट्टराईले जानकारी दिए ।

    ती खोप गणेश  मावि वडा नं २, गणेशचोक,  र नेशनल आइडियल बोर्डिङ स्कूल, वडा नं ९, मण्डिखाटार र बालउद्धार मावि वडा नं १०, कपनबेखबाट उपलब्ध गराइने जनाइएको छ । 

    २०७८, जेठ २४ सोमवार१२:२७:२०

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार