चीनमा सन् २०२१ को अन्त्यसम्म ७० प्रतिशतलाई खोप

चीनमा सन् २०२१ को अन्त्यसम्म ७० प्रतिशतलाई खोप

२०७८, जेठ २४ सोमवार

  • 1.1K
    SHARES

  • चीनमा सन् २०२१ को अन्त्यसम्म ७० प्रतिशतलाई खोप

    बेइजिङ । चीनमा लक्षित जनसंख्याको कम्तीमा ७० प्रतिशतलाई कोभिड–१९ विरुद्धको खोप यसै वर्ष अर्थात् सन् २०२१ भित्रै दिइने चिनियाँ स्वास्थ्य आयोगले जनाएको छ । 

    आयोगका प्रमुख झेङ यीक्सिनले सिन्ह्वालाई दिएको अन्तर्वार्तामा समुदायस्तरमा कोभिड–१९ का केही संक्रमणका घटना देखिएको बताउँदै त्यसले कोभिड–१९ को रोकथाम र नियन्त्रणमा थप सचेतता अपनाउन आवश्यक रहेको सङ्केत गरेको छ भने ।  
    खोप कार्यक्रमका बारेमा आमजनतालाई हिच्किचाहट नराख्न आह्वान गर्दै प्रमुख झेङले “खोपको ग्रेट वाल” निर्माण गर्न जनता र सरकारबीच हातेमालो गर्न आवश्यक रहेको बताए ।  

    आयोगका अनुसार शनिबारसम्म चीनमा ७६ करोड ३० लाखभन्दा बढी डोज खोप लगाइएको छ । विश्वमै सबैभन्दा बढी खोप लगाउने मुलुक चीन नै भएको छ । -एजेन्सी

    २०७८, जेठ २४ सोमवार०२:३८:५३

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार