भारतमा दुई महिनापछि दैनिक कोरोना संक्रमण १ लाख तल 

भारतमा दुई महिनापछि दैनिक कोरोना संक्रमण १ लाख तल 

२०७८, जेठ २५ मंगलवार

  • 1.3K
    SHARES

  • भारतमा दुई महिनापछि दैनिक कोरोना संक्रमण १ लाख तल 

    नयाँ दिल्ली । दुई महिनापछि भारतमा दैनिक कोरोना संक्रमणको मामिला १ लाखमुनि झरेको छ। 

    पछिल्लो २४ घन्टामा भारतमा ८६ हजार ४९८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। जुन ६६ दिनयताकै कम हो। यसअघि भारतमा दैनिक संक्रमणको मामिला १ लाखभन्दा बढी हुने गरेको थियो। 

    योसँगै भारतमा कोरोना संक्रमितको कुल संख्या २ करोड ८९ लाखभन्दा बढी पुगेको छ। 

    पछिल्लो २४ घन्टामा भारतमा थप १ लाख ८२ हजार २८२ जना निको भएका छन्। योसँगै कुल २ करोड ७३ लाख ४१ हजार ४६२ जना संक्रमणमुक्त भएका छन्। 

    यो अवधिमा भारतमा कोरोना संक्रमणबाट थप २ हजार १२३ जनाको मृत्यु भएको छ। योसँगै कुल मृत्युको आँकडा ३ लाख ५१ हजार बढी पुगेको छ। – एजेन्सी

    २०७८, जेठ २५ मंगलवार१२:१७:१७

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार