काठमाण्डौ । साताको तेस्रो दिन मंगलबार फाइनान्स क्षेत्र चम्किए पछि फेरि बजारले नयाँ कीर्तिमान कायम गरेको छ।
आज नेप्से परिसूचकले अल टाइम हाईको रेकर्ड बनाएको हो। आज नेप्से परिसूचक ५३.४४ अंकले बढेर २९६०.१४ को विन्दुमा उक्लिएको छ। यो नेप्सेले चुमेको हालसम्मकै उच्च विन्दु हो। यसअघि गत आइतबार (जेठ २३ गते) नेप्से २९०६.९१ को विन्दु चुम्दै नयाँ रेकर्ड कायम गरेको थियो। जुन रेकर्ड आज ब्रेक भएको छ।
यसैगरी आज क वर्गका कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि ७.४७ अंकले बढेर ५२८.११ को उचाइमा पुगेको छ। कारोबार रकम पनि १७ अर्ब रुपैयाँको हाराहारीमा भएको छ।
आज नेप्से उपसमूहमा रहेका १३ वटा समूहमध्ये १० वटामा हरियाली छाएको छ भने ३ वटामा रातो पोतिएको छ। यो दिन विकास बैंक समूह सर्वाधिक ९.०४ प्रतिशतले उकालो लागेको छ। वित्त समूह ८.७१ अंकले बढेको आज बैंकिङ समूहमा १.०३ प्रतिशत, जलविद्युत समूहमा १.९९ प्रतिशत, जीवन बीमा समूहमा ३.६४ प्रतिशत, उत्पादन तथा प्रशोधन समूहमा २.१५ प्रतिशत, म्युचुअल फन्ड समूहमा २.२५ प्रतिशत, निर्जीवन बीमा समूहमा ३.७८ प्रतिशत, अन्य समूहमा २ प्रतिशत र व्यापार समूहमा ०.४७ प्रतिशतको बढोत्तरी भएको छ।
आज लगानी समूह सर्वाधिक ०.८८ प्रतिशतले घटेको छ। होटेल तथा पर्यटन समूह ०.४६ प्रतिशतले घट्दा लघुवित्त समूहमा ०.४५ प्रतिशतको गिरावट आएको छ।
आज नेप्सेमा सूचीकृतमध्ये २१८ कम्पनीका ३ करोड ५७ लाख ४२४ कित्ता सेयर १६ अर्ब ९५ करोड १३ लाख २० हजार ६४० रुपैयाँमा किनबेच भएको छ।
आज नेपाल पुनर्बीमा कम्पनीको सर्वाधिक १ अर्ब ६ करोड रुपैयाँ बढीको कारोबार भएको छ। रसुवागढी हाइड्रोपावरको ४७ करोड ८२ लाख रुपैयाँबराबरको कारोबार भएको यो दिन युनाइटेड मोदी हाइड्रोपावरको ३७ करोड ३९ लाख रुपैयाँ, लुम्बिनी विकास बैंकको ३५ करोड ७८ लाख रुपैयाँ, निफ्राको ३३ करोड ३१ लाख रुपैयाँ, गरिमा विकास बैंकको २९ करोड ६५ लाख रुपैयाँ, एनसीसी बैंकको २९ करोड ३० लाख रुपैयाँ, मुक्तिनाथ विकास बैंकको २८ करोड ६३ लाख रुपैयाँ, कुमारी बैंकको २८ करोड ६२ लाख रुपैयाँ र नेसनल हाइड्रोपावरको २५ करोड ७२ लाख रुपैयाँ बढीको कारोबार भएको छ।
त्यस्तै आज मेरो माइक्रोफाइनान्स, हिमाल दोलखा हाइड्रोपावर र सामुदायिक लघुवित्तका सेयरधनीहरुले धेरै गुमाए। यी तीनै कम्पनीको सेयरमूल्यमा ३ प्रतिशतको हाराहारीमा गिरावट आएको छ।