आविष्कार केन्द्रलाई अक्सिजन सिलिण्डर

आविष्कार केन्द्रलाई अक्सिजन सिलिण्डर

२०७८, जेठ २६ बुधवार

  • 1.0K
    SHARES

  • आविष्कार केन्द्रलाई अक्सिजन सिलिण्डर

    सउल । वाग्मती प्रदेश एकता समाज दक्षिण कोरियाद्वारा महावीर पुनको राष्ट्रिय आविष्कार केन्द्रलाई ४० लिटर क्षमता भएको १० ओटा अक्सिजन सिलिण्डर सहयोग गरेको छ ।

    संस्थाका अध्यक्ष रविप्रताप घिसिङ लगायतले मङ्गलबार आविष्कार केन्द्रमै पुगी उक्त सहयोग गरेको हुन् । वाग्मती प्रदेश एकता समाजका तर्फबाट दक्षिण कोरियामा रहेका नेपालीहरूमाझ दुई हप्तासम्म सहयोग सङ्कलन अभियान चलाइएको थियो ।

    दुई हप्ताको अवधिमा १९ लाख ५१ हजार कोरियन वन सङ्कलित भएको थियो । उक्त रकममध्येबाट १० ओटा अक्सिजन सिलिण्डर खरीद गरिएको हो ।

    राष्ट्रिय आविष्कार केन्द्रका तर्फबाट निमित्त प्रमुख किशोर रिमालले उक्त सामग्री स्वीकार गर्दै सहयोग गरेकामा दक्षिण कोरियाका नेपालीलाई धन्यवाद व्यक्त गर्नुभएको संस्थाका अध्यक्ष घिसिङले बताए ।

    सहयोग वितरण कार्यमा संस्थापक यदुकुमार गिरी, चित्रबहादुर मोक्तानलगायतको उपस्थिति थियो । अक्सिजन सिलिण्डर खरीदपश्चात् बाँकी हुने रकम पनि कोरोना पीडितहरूकै लागि खर्च गरिने बताइएको छ ।

    २०७८, जेठ २६ बुधवार०१:५८:५७

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार