‘व्यवस्था र सरकार विरोधी गतिविधि मृगतृष्णा मात्रै’

‘व्यवस्था र सरकार विरोधी गतिविधि मृगतृष्णा मात्रै’

२०७७, मंसिर २९ सोमवार

  • 1.7K
    SHARES

  • ‘व्यवस्था र सरकार विरोधी गतिविधि मृगतृष्णा मात्रै’

    मंसिर २९, चितवन ।

    गृहमन्त्री रामबहादुर थापाले अहिलेको व्यवस्था र सरकार विरोधी गतिविधि केही समूहका मृगतृष्णा मात्रै भएको बताएका छन् ।

    प्रेस सङ्गठन चितवनले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा उनले पछिल्लो समय कोभिड–१९ ले उत्पन्न गरेको सङ्कटबाट संविधानविरोधी शक्ति व्यवस्था  र संविधानलाई उल्ट्याउने अवसर आएको निष्कर्षमा पुगे पनि  तिनको सपना पूरा नहुने स्पष्ट गरे । 
     नेपाली जनताले उनीहरुको सपना कदापि पूरा हुन नदिने उनको भनाइ थियो ।

     नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सचिवालय सदस्य थापाले पार्टीभित्रको अन्तरविरोध स्वाभाविक प्रक्रिया भएको बताउँदै भने, “यो मतभेदले सरकार र पार्टीलाई अझै बढी सुदृढ गर्छ ।” अहिलेको जारी स्थायी कमिटीको बैठकले पार्टीभित्रको समस्या समाधान गर्ने विश्वास उनले व्यक्त गरे ।  

    २०७७, मंसिर २९ सोमवार१२:०२:३१
    प्रतिक्रिया
    सम्बन्धित समाचार