सुनकोशीमा बेलिब्रिज बनेपछि यातायात सञ्चालन

सुनकोशीमा बेलिब्रिज बनेपछि यातायात सञ्चालन

२०७७, मंसिर २९ सोमवार

  • 1.6K
    SHARES

  • सुनकोशीमा बेलिब्रिज बनेपछि यातायात सञ्चालन

    मंसिर २९, काठमाडौं । 

    उदयपुर र खोटाङको बीचमा पर्ने सुनकोशी नदीमा बेलिब्रिज जडान भएपछि छ महिनादेखि बन्द हुन पुगेको गाईघाटदेखि खोटाङको सदरमुकाम दिक्तेलसम्मको यातायात सेवा पुनःसञ्चालन भएको छ ।

    गाईघाट–दिक्तेल सडक कार्यलय बोक्सेका अनुसार सो सडकखण्डअन्तर्गत उदयपुरको फोक्सिङटार र खोटाङको लिच्की राम्चेबीच सुनकोशी नदीमा हालै बेलिब्रिज जडान कार्य सम्पन्न भएपछि आइतबारदेखि सिधा यातायात शुरु भएको हो ।

     सुनकोशी नदीमा पानीको बहाव बढेसँगै बेलिब्रिज गत जेठमा खोलिएपछि यातायात सेवा बन्द भएको थियो ।

    छ महिनापछि पुनः बेलिब्रिज जडानसँगै अब गाईघाट–दिक्तेल सडकखण्डमा सिधा यातायात सेवा सञ्चालन भएको हिमाली यातायात व्यवसायी सङ्घका संयोजक परमेश्वर घिमिरेले बताए ।

     रेग्मी निर्माण सेवा कम्पनीले यही मङ्सिरको पहिलो हप्तादेखि रु ८५ लाख बजेटमा बेलिब्रिज जडान गर्ने ठेक्का लिएको सडक कार्यालयका प्रमुख गोपाल खकुरेलले बताए ।

    उक्त बेलिब्रिजको लम्बाइ ५० मिटर रहेको छ भने चौडाइ छ मिटर रहेको छ ।

    २०७७, मंसिर २९ सोमवार१२:२३:५२
    प्रतिक्रिया
    सम्बन्धित समाचार