कोरोना अपडेट : थप ३,७४९ जनामा संक्रमण, ५९ जनाको मृत्यु

कोरोना अपडेट : थप ३,७४९ जनामा संक्रमण, ५९ जनाको मृत्यु

२०७८, जेठ २७ बिहिवार

  • 1.4K
    SHARES

  • कोरोना अपडेट : थप ३,७४९ जनामा संक्रमण, ५९ जनाको मृत्यु

    काठमाडौं । पछिल्लो २४ घण्टामा थप  ३ हजार ७४९ जनामा कोरोना  संक्रमण पुष्टि भएको छ भने ५९ जनाको मृत्यु भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ हजार ९०१ नमुनाको पीसीआर परीक्षणमा २ हजार ८७४ र ५ हजार ३३७ जनाको एन्टिजेन परीक्षणमा ८७५ जना गरी ३ हजार ७४९ जनामा संक्रमण पुष्टि भएको हो ।

    योसँगै नेपालमा हालसम्म मृत्यु हुनेको संख्या ८ हजार २३८ पुगेको छ भने कोरोना भाइरस संक्रमितको कुल संख्या ६ लाख १९ हजार ४०१ पुगेको छ ।

    पछिल्लो २४ घण्टामा ५,२९३ जना संक्रमणमुक्त भएको र हालसम्म ५ लाख १५ हजार ५९१ जना संक्रमणमुक्त भएका छन् भने ७७ हजार ८५८ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।

    २०७८, जेठ २७ बिहिवार०५:५४:३६

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार