पाकिस्तानमा गर्मी समयमा बिद्युत आपुर्तिमा अत्यधिक कमी

पाकिस्तानमा गर्मी समयमा बिद्युत आपुर्तिमा अत्यधिक कमी

२०७८, जेठ २८ शुक्रवार

  • 921
    SHARES

  • पाकिस्तानमा गर्मी समयमा बिद्युत आपुर्तिमा अत्यधिक कमी

    लाहोर । पाकिस्तानमा गर्मी समयमा बिद्युतको माग छ हजार मेगावाट पुगेको छ । गर्मी समयमा बिद्युत सेवाको मागमा वृद्धि हुनु माग बमोजिम आपुर्ति गर्न नसक्दा यसले पाकिस्तानका खासगरी सहरी क्षेत्रका नागरिकलाई पीडा भएको बताइएको छ ।

    बिद्युत अभावका कारण पाकिस्तानी उद्योगहरू तथा कलकारखानाले समेत पूरा क्षमतामा सामान उत्पादन गर्न नसकेको बताइएको छ । 

    टार्बेला बाँधमा बाढीले हिलो ल्याएको र बाँध मर्मत गर्नु परेकोले अनिश्चित कालका लागि बिद्युत् उत्पादन अवरूद्ध बनेपछि व्यापक लोडसेडिङ हुन थालेको एआरवाई न्यूजले पाकिस्तानी अधिकारीलाई उद्धृत गरी लेखेको छ ।

    पाकिस्तानको लाहोर इलेक्ट्रिक पावर सप्लाई कम्पनीमा बिद्युतको माग पाँच हजार मेगावाट रहेको र हाल उत्पादित बिद्युतले थप एक हजार मेगावाटको मागलाई सम्बोधन गर्न नसक्दा अभाव देखिएको हो ।

    पाकिस्तानका कराँची लगायतका सहरमा दैनिक १२ घण्टासम्म लोडसेडिङ हुनेगरेको एआरवाई नूयूजले जनाएको छ । 

    लकडाउन र लोडसेडिङका कारण पाकिस्तानी अधिकांश उद्योगहरूले दैनिक दुई घण्टामात्र सामान उत्पादन गर्ने गरेको कराँची इलेक्ट्रोनिक डिलर्स एसोसिएसनका अध्यक्ष रिजवान इरफानले बताए । -एजेन्सी । 

     

    २०७८, जेठ २८ शुक्रवार०७:१०:३९

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार