गाविस अध्यक्षदेखि मन्त्रीसम्म बन्न सफल सांसद पहाडी

गाविस अध्यक्षदेखि मन्त्रीसम्म बन्न सफल सांसद पहाडी

२०७८, जेठ २८ शुक्रवार

  • 2.2K
    SHARES

  • गाविस अध्यक्षदेखि मन्त्रीसम्म बन्न सफल सांसद पहाडी

    सिन्धुली । साढे दुई दशक पहिले निर्विरोध गाविस अध्यक्ष निर्वाचित भएका गणेशकुमार पहाडी विहिवार सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्रीका रुपमा नियुक्त भएका छन् । 

    प्रधानमन्त्री केपी शर्मा ओलीले विहिवार विस्तार गर्नुभएको मन्त्रिपरिषद्मा उनले सो मन्त्रालयको जिम्मेवारी पाएका हुन् । नवनियुक्त मन्त्री पहाडी विसं. २०७४ को निर्वाचनमा सिन्धुली–१ बाट प्रतिनिधिसभामा निर्वाचित भएका थिए ।

    नेकपा (एमाले) को नवौँ महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित उनी दोस्रो संविधानसभाको निर्वाचनमा पनि सोही क्षेत्रबाट निर्वाचित भएका थिए । त्यसअघि उनी विसं. २०५४ मा खाङसाङ गाविसमा अध्यक्षका रुपमा निर्विरोध निर्वाचित भएका थिए ।  

    पार्टीमा उनी विसं. २०६७ मा राष्ट्रिय प्रतिनिधि परिषद् सदस्य भएका थिए । विसं. २०३९ मा अनेरास्ववियु एकता (पाँचौँ) बाट राजनीति शुरु गरेका पहाडी विसं. २०४८ मा नेकपा (एमाले) को सिन्धुली काठमाडौँ सम्पर्क मञ्चको संयोजक समेत भएका थिए । विसं. २०६५ मा जिल्ला कमिटी सचिव र विसं. २०६६ मा जिल्ला संयोजक भएका थिए ।  

    स्नातकोत्तरसम्मको अध्ययन पूरा गरेका उनी दुवै पटक सांसद् हुँदा प्रतिनिधिसभाको विकास समितिका सदस्य भएका थिए । यसअघि गत पुसमा प्रधानमन्त्री ओलीले गरेको मन्त्रिपरिषद् विस्तारमा गणेशसिंह ठगुन्नाले सो मन्त्रालयको जिम्मेवारी पाएका थिए । 

    २०७८, जेठ २८ शुक्रवार०७:४०:०७

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार