चीनमा कोभिड–१९ विरुद्ध ८५ करोड डोज खोप लगाइयो

चीनमा कोभिड–१९ विरुद्ध ८५ करोड डोज खोप लगाइयो

२०७८, जेठ २८ शुक्रवार

  • 2.5K
    SHARES

  • चीनमा कोभिड–१९ विरुद्ध ८५ करोड डोज खोप लगाइयो

    बेइजिङ । चीनमा बिहीबारसम्ममा करिब ८५ करोड डोज कोभिड–१९ विरुद्धको खोप लगाइएको राष्ट्रिय स्वासथ्य आयोगले जनाएको छ ।

    विश्वमा हालसम्म संयुक्तराज्य अमेरिकामा ३० करोड ४८ लाख, भारतमा करिब २४ करोड, ब्राजिलमा ७ करोड, बेलायतमा करिब ७ करोड, जर्मनीमा पाँच करोड ७९ लाख, फ्रान्स र इटालीमा चार–चार करोड खोप दिइसकेका छन् ।

    विश्व स्वास्थ्य संगठनका अनुसार विश्वभर हाल ३७ लाख ८९ हजार व्यक्तिको कोरोनाभाइरसको संक्रमणबाट मृत्यु भएको छ । विश्वभर कूल १७ करोड ५६ लाख संक्रमित भएका मध्ये १५ करोड ९२ लाख संक्रमणमुक्त भएका छन् ।

    हालसम्म संयुक्तराज्य अमेरिकामा छ लाख १४ हजार, भारतमा तीन लाख ६३ हजार, ब्राजिलमा चार लाख ८२ हजार, फ्रान्समा एक लाख १० हजारको ज्यान गएको छ । 

    कोरोनाभाइरसको संक्रमणबाट जोगाउन खोप नै सर्वोत्कृष्ट उपाय रहेको अध्ययनहरुले देखाएका छन् । तर विश्वका सबैजसो मुलुकमा समानुपातिक रुपमा खोप उपलब्ध हुन नसक्दा खोप लगाउने अभियानमा नराम्रो प्रभाव परेको छ । -एजेन्सी । 

    २०७८, जेठ २८ शुक्रवार०३:२७:३५

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार