साइप्रसमा पहिलो महिला सभामुख चयन

साइप्रसमा पहिलो महिला सभामुख चयन

२०७८, जेठ २८ शुक्रवार

  • 973
    SHARES

  • साइप्रसमा पहिलो महिला सभामुख चयन

    निकोसिया । साइप्रसमा पहिलो पटक संसदबाट महिला सदस्य सभामुखमा चुनिएकी छन् । सन् १९६० मा स्वतन्त्र भएको साइप्रसको दोस्रो सर्वाधिक शक्तिशाली पदमा अन्निटा डिमेट्रिओ चयन भएका छन् । 

    साइप्रसको कूल ५६ सदस्य रहेको संसदमा डिमेट्रिओले २५ मत प्राप्त गरेका थिए ।   

    सभामुखमा विजयी भएसँगै ३५ वर्षीया सांसद डिमेट्रिओले आफूले प्राप्त गरेको जिम्मेवारी पूर्ण निष्ठाका साथ पूरा गर्ने बताउँदै आफूले निष्पक्ष भूमिका निर्वाह गर्ने जानकारी दिएन् । 

    साइप्रसका राष्ट्रपति निकोस अनास्तासियाडेसले डिमेट्रिओ निर्वाचित भएकामा आफूलाई निकै खुशी लागेको बताए । उनले राष्ट्रपति पछि देशको सर्वाधिक शक्तिशाली राजनीतिक पदमा एक महिला चुनिनु देशकै लागि गर्वको विषय भएको बताए । 

    डिमेट्रिओ मध्य–दक्षिणपन्थी डेमोक्रेटिक पार्टीबाट सांसद भएकी थिइन् । राष्ट्रपति अनास्तासियाडेसले पनि यही पार्टीलाई धेरै वर्षसम्म नेतृत्व दिएका थिए ।  

    बेलायतको उपनिवेशबाट मुक्त भएपछिका ६१ वर्षमा धेरै महिला सदस्यहरुले राजनीतिक पद प्राप्त गरे पनि डिमेट्रिओले प्राप्त गरेको यो पद सबैभन्दा माथिल्लो हो । साइप्रसको राजनीतिमा महिलाको सहभागिता पुरुषको दाँजोमा निकै कम हुने गरेको छ । 
    हाल साइप्रसको १५ सदस्यीय मन्त्रीमण्डलमा तीन जना मात्र मन्त्री छन् । राष्ट्रपति अनास्तासियाडेसले अब हुने मन्त्रिपरिषद पुनर्गठनमा महिलाको सहभागिता वृद्धि गर्ने घोषणा पनि गरेका छन् । -एजेन्सी । 

    २०७८, जेठ २८ शुक्रवार०४:२४:५८

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार