राम्रा कार्यक्रमलाई निरन्तरता दिँदै नयाँ कार्यक्रम ल्याउँछु : सञ्चारमन्त्री थापा

राम्रा कार्यक्रमलाई निरन्तरता दिँदै नयाँ कार्यक्रम ल्याउँछु : सञ्चारमन्त्री थापा

२०७८, जेठ २९ शनिवार

  • 1.1K
    SHARES

  • राम्रा कार्यक्रमलाई निरन्तरता दिँदै नयाँ कार्यक्रम ल्याउँछु : सञ्चारमन्त्री थापा

    काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री नैनकला थापाले मन्त्रालयको लक्ष्य तथा योजना सफल पार्नेगरी आफ्नो ध्यान केन्द्रित गर्न मन्त्रालयका कर्मचारीलाई निर्देशन दिएकी छन् ।

    मन्त्रालयका महाशाखा तथा शाखा प्रमुखसँग आज सम्पन्न छलफलमा उनले नयाँ बजेटमा घोषणा भएअनुरुप मन्त्रालयका कार्यक्रमलाई प्रभावकारी ढङ्गले सम्पादन हुने गरी कार्ययोजना बनाउनुपर्छ भनिन् । 

    कर्मचारीलाई परिणाम आउने गरी कार्यसम्पादन गर्न निर्देशन दिँदै उनले भनिन्, “कति ध्यान दिएर काम गरेँ भन्ने आफूलाई थाहा हुन्छ ।

    आफ्नो कामबाट सबैभन्दा पहिले आफू सन्तुष्ट हुने गरी काम गर्नुहोस् ।”मन्त्री थापाले पहिलेको राम्रा कार्यक्रमलाई निरन्तरता दिइने तथा केही नयाँ कार्यक्रम ल्याउने गरी आफूले गृहकार्य गरिरहेको जानकारी दिईन् ।

    अहिलेको  सूचनाप्रविधिको युगअनुरुप नेपालले यस क्षेत्रमा फड्को मार्न आवश्यक रहेकामा उनले जोड दिइन् ।

    सो अवसरमा मन्त्रालयका सचिव हरिप्रसाद बस्याल, महाशाखाका प्रमुखलगायतको उपस्थिति  थियो ।

    कार्यक्रममा मन्त्रालयले सम्पादन गरिरहेका काम  तथा आगामी कार्यक्रमसम्बन्धी विस्तृत प्रस्तुतीकरण गरिएको थियो  ।

     

    २०७८, जेठ २९ शनिवार०७:२९:३७

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार