भोकालाई खाना खुवाउने जोडी

भोकालाई खाना खुवाउने जोडी

२०७८, जेठ २९ शनिवार

  • 1.1K
    SHARES

  • भोकालाई खाना खुवाउने जोडी

    काठमाडौँ । कोभिड शुरु भएसँंगै निषेधाज्ञाले धेरैलाई समस्यामा परेको छ । विशेषगरी दिउँसो कमाई बेलुकी खाने र सडक पेटीमै जीवन बिताउनेहरुलाई यसले प्रभाव पारेको छ। 

    यस्तै समस्यामा परेकाहरुलाई आफैँले घरमा खाना तयार गरेर ठाउँठाउँमा पु-याउने काम समाजसेवी अजय(सुशील) र लक्ष्मी अधिकारीले गरेका छन्  ।

    काठमाडौंँबाट सात किमीमाथि तारकेश्वरको आफ्नै घरमा दाल, भात, तरकारी र  अचार तयार गरेर उनीहरु अप्ठेरामा परेकाहरुलाई  खुवाउन बालाजु, स्वयम्भू, कलंकी, टंकेश्वर, सोह्रखुट्टे, सामाखुशी र  सुकेधारासम्म पुग्छन् । 

    मासिक रु.सयमा अध्यापन हुने समता स्कूलका प्रधानाध्यापकसमेत रहेका उनको यो जोडीले खाना खुवाउने कामसँगै उपचार नपाएर अप्ठेरामा परेका आफ्ना धेरै विद्यार्थी र अन्यलाई पनि उपचारमा सहयोग गरिदिएको छ र थुप्रै विद्यार्थीलाई  अघिल्लो लकडाउनदेखि नै राहत सामग्री पनि उपलब्ध गराउँदै आएको छ ।

    यस्तो अप्ठेरो समयका बेलामा आफूले घरमा बसेर विभिन्न परिकार बनाएर खानेभन्दा पनि खान नपाएर अप्ठेरामा परेकाहरुलाई सहयोग गर्न र उनीहरुको एक छाक मात्रै टार्न सके ठूलो धर्म हुने उनको भनाइ छ ।

    अजयले भने, किताबमा लेखेका कुरालाई अर्थ खुलाएर व्याख्या गर्न र घोक्न त सिकाइरहेकै हो तर दुःखमा परेका अरूलाई सहयोग गर्नुपर्छ भनेर सिकाउन पाउनु हाम्रो भाग्य हो ।

    हामीले दिएको खाना सबैले लिनुहुन्छ तर कसैले पाइसकेर पनि लिनुहुन्छ, कसैले त फालिदिनुहुन्छ, त्यसो गर्दा अर्को एउटा नपाउनेको भाग खोसिन्छ अनि साह्रै दुःख लाग्छ । जति सक्यो घुमेर अहिले चाहिँ आवश्यकता भएकालाई नै हामी खान दिने गर्छौँ । धेरैजसोले खान पाउनेबित्तिकै खोलेर अगाडि नै खानुहुन्छ, त्यो देखेर एकदम खुशी लाग्छ, लक्ष्मीले भनिन् । 

    २०७८, जेठ २९ शनिवार०७:३२:५०

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार