कृषि विकास बैंकद्वारा १५% बोनस सेयर बाँड्ने प्रस्ताव

कृषि विकास बैंकद्वारा १५% बोनस सेयर बाँड्ने प्रस्ताव

२०७७, मंसिर २९ सोमवार

  • 2.6K
    SHARES

  • कृषि विकास बैंकद्वारा १५% बोनस सेयर बाँड्ने प्रस्ताव

    मंसिर २९, काठमाडौं । 

    कृषि विकास बैंकले गत आर्थिक वर्ष २०७६/७७ का लागि लाभांश प्रस्ताव गरेको छ।

    बैंक सञ्चालक समितिको आज सोमबार बिहान बसेको बैठकले चुक्तापुँजीको कुल १५.७८ प्रतिशत लाभांश प्रस्ताव गरेको छ।

    प्रस्तावित लाभांशमा १५ प्रतिशत बोनस सेयर र त्यसमा लाग्ने कर प्रयोजनका लागि ०.७८९५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो। 

    यसैगरी बैंकले नेपाल सरकारले हाल कायम भएको फिर्ता नहुने अग्राधिकार सेयर पुँजीमा समेत वार्षिक ६ प्रतिशतले हुने नगद लाभांश रकमसमेत प्रदान गर्ने निर्णय गरेको छ।

    प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभाबाट पारित गरी सेयरधनीहरुलाई वितरण गरिने बैठकले निर्णय गरेको छ। 

    २०७७, मंसिर २९ सोमवार०३:१९:१९
    प्रतिक्रिया
    सम्बन्धित समाचार