चीनको हुबेमा ग्यास बिस्फोटनबाट १२ जनाको मृत्यु

चीनको हुबेमा ग्यास बिस्फोटनबाट १२ जनाको मृत्यु

२०७८, जेठ ३० आइतवार

  • 1.2K
    SHARES

  • चीनको हुबेमा ग्यास बिस्फोटनबाट १२ जनाको मृत्यु

    वुहान । चीनको हुबे प्रान्तको शियान नगरमा ग्यास बिस्फोटनमा परेर कम्तिमा १२ जनाको मृत्यु हुनुका साथै एक सयभन्दा बढी व्यक्ति घाइते भएका छन् ।

    स्थानीय अधिकारीहरुका अनुसार घाइतेमध्ये ३९ जनाको अवस्था निकै जटिल रहेको छ । 

    खोज तथा उद्धार अधिकारीहरुले दिउँसो १२ बजेसम्ममा बिस्फोट स्थलमा भेटिएका १५० जनाको उद्धार गरी स्थानीय अस्पतालहरुमा भर्ना गरिएको बताएका छन् । 

    शियान नगरको झाङवानको आवासीय क्षेत्रमा बिहान ६:३० बजे उक्त बिस्फोट भएको थियो । बिस्फोट हुँदा स्थानीयबासीबीच भागदौड मच्चिएको थियो । 

    खोज तथा उद्धार कार्य जारी रहेकाले उक्त घटनामा के कति व्यक्ति हताहत भए भन्ने एकिन भइ नसकेको पनि अधिकारीहरुले बताएका छन् । -एजेन्सी । 

    २०७८, जेठ ३० आइतवार०१:३४:०६

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार