भारतमा अझै पनि दैनिक ८० हजार सङ्क्रमित

भारतमा अझै पनि दैनिक ८० हजार सङ्क्रमित

२०७८, जेठ ३० आइतवार

  • 1.4K
    SHARES

  • भारतमा अझै पनि दैनिक ८० हजार सङ्क्रमित

    नयाँ दिल्ली । भारतमा पछिल्लो २४ घण्टामा कोरोनाभाइरसबाट थप ८० हजारभन्दा बढी सङ्क्रमित भएका छन् । 

    सरकारी अधिकारीहरुले आइतबार दिएको जानकारी अनुसार थप ८० हजार ८३४ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको हो ।  

    “एकैदिनमा यति मानिस सङ्क्रमित भएको ७१ दिनपछिकै सबैभन्दा थोरै हो,” केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ । 

    पछिल्ला केही दिनदेखि भारतमा दैनिक सङ्क्रमितको सङ्ख्यामा कमी हुँदै आएको देखिएको छ । 

    भारतमा अहिलेसम्म कोरोनाभाइरसबाट सङ्क्रमित भएकाहरुको कुल सङ्ख्या दुई करोड ९४ लाख ३९ हजार ९८९ पुगेको छ । 

    सङ्क्रमित अवस्थामै रहेकाहरुको कुल सङ्ख्यामा दैनिक ५ प्रतिशतले कमी हुँदै आएको पनि अधिकारीहरुले जानकारी दिएका छन् । 

    स्वास्थ्य मन्त्रालयका अनुसार अहिलेसम्म भारतमा कोरोनाभाइरस संक्रमणका कारण मृत्यु भएकाहरुको सङ्ख्या तीन लाख ७० हजार ३८४ पुगेको छ । ती मध्ये तीन हजार ३०३ जनाको पछिल्लो २४ घण्टामा मृत्यु भएको हो । 

    भारतमा एक दिनमा एक लाख ३२ हजार ६२ जना कोरोनाभाइरसबाट सङ्क्रमणमुक्त भएका छन् । योसँगै भारतमा अहिलेसम्म कोरोनाभाइरसबाट सङ्क्रमणमुक्त भएकाहरुको कुल सङ्ख्या दुई करोड ८० लाख ४३ हजार ४४६ पुगेको छ ।  

    कोरोनाभाइरस विरुद्ध भारतभरी अहिलेसम्म २५ करोड ३१ लाख ९५ हजार ४८ खोप प्रयोग भएको मन्त्रालयले जनाएको छ ।- एजेन्सी । 

    २०७८, जेठ ३० आइतवार०३:३७:४८

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार