कोरोना अपडेट: थप ८२१ जनामा कोरोना पुष्टि,१८ को मृत्यु

कोरोना अपडेट: थप ८२१ जनामा कोरोना पुष्टि,१८ को मृत्यु

२०७७, मंसिर २९ सोमवार

  • 1.9K
    SHARES

  • कोरोना अपडेट: थप ८२१ जनामा कोरोना पुष्टि,१८ को मृत्यु

    मंसिर २९, काठमाडौं । 

    पछिल्लो २४ घण्टामा थप ८२१ जनामा कोरोना भाइरस संक्रमण भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५ हजार ४२३ जनाको परीक्षणमा ५०४ महिला र ३१७ पुरुषमा संक्रमण पुष्टि भएको हो

     मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ८४२ संक्रमित निको भएका छन् । 

    हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ४९ हजार २४४ पुगेको छ । सक्रिय संक्रमितको संख्या १० हजार ९५५ छ । 

    पछिल्लो २४ घण्टामा १८ कोरोना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

    कोरोनाका कारण मृत्यु हुनेको संख्या १ हजार ७१६ पुगेको छ । 

     

    २०७७, मंसिर २९ सोमवार०४:२४:३०
    प्रतिक्रिया
    सम्बन्धित समाचार