आमा समूहलाई कुटानी-पिसानी मिल

आमा समूहलाई कुटानी-पिसानी मिल

२०७८, जेठ ३१ सोमवार

  • 1.6K
    SHARES

  • आमा समूहलाई कुटानी-पिसानी मिल

    खोटाङ । परम्परागत ढिकीजाँतो प्रयोग गर्दै आएका खोटाङको हलेसी तुवाचुङ नगरपालिकाका सबै आमा समूहलाई नगरपालिकाले आधुनिक किसिमको कुटानीरपिसानी मिल उपलब्ध गराएको छ ।

    गाउँघरमा अन्न पिस्नका लागि ढिकीजाँतोको प्रयोग गर्दैआएका महिलाको समस्यालाई हल गर्न नगरपालिकाले महिला लक्षित कार्यक्रममार्फत विनियोजन गरिएको बजेटबाट खरिद गरेर डिजेलबाट चल्ने कुटानीरपिसानी मिल उपलब्ध गराएको हो ।

    ढिकीजाँतो प्रयोग गर्नेक्रममा हुने शारीरिक श्रमको बोझ घटाउन र समयको बचत गर्न चालु आर्थिक वर्ष २०७७/७८ मा विनियोजन गरिएको रु छ लाख बजेटबाट खरिद गरिएको कुटानीरपिसानी मिल नगरपालिकाभित्रका ११ वटा आमा समूहलाई वितरण गरिएको नगर उपप्रमुख बिमला राईले बताइन् ।

    “आधुनिक किसिमको मिल प्रयोगमा आएपछि परम्परागत ढिकीजाँतो प्रयोग गर्दा हुने शारीरिक श्रम र समय महिलाले आयमूलक काममा उपयोग गर्ने अपेक्षा गरेका छौँ”, उनले भने, “महिलाको शारीरिक श्रमको बोझलाई कम गर्नुका साथै समयको समेत बचत आमा समूहलाई कुटानीरपिसानी मिल वितरण गरिएको हो ।”

    जिल्लाको पश्चिमी क्षेत्रमा पर्ने उक्त नगरपालिकाको वडा नं २ डिकुवाको एक, वडा नं ३ च्यास्मिटारको दुई, वडा नं ४ बडहरेका एक, वडा नं ५ दुर्छिमका दुई, वडा नं ७ महादेवस्थानका दुई, वडा नं ८ धितुङका दुई र वडा नं ११ राजापानीका एक वटा आमा समूहलाई कुटानीरपिसानी मिल प्रदान गरिएको छ ।

    कुटानी/पिसानी मिल खरिद गर्नका लागि चालु आर्थिक वर्ष २०७७/७८ मा रु छ लाख बजेट विनियोजन गरिए पनि केही रकम अपुग भएको र अन्य शीर्षकबाट बजेट व्यवस्थापन गरिएको नगरपालिकाले जनाएको छ ।

    एघार वडा रहेको उक्त नगरपालिकाले यसअघि ५० वटा आमा समूहलाई उक्त किसिमको कुटानी/पिसानी मिल वितरण गरिएको नगर उपप्रमुख राईले बताए ।

    नगरपालिकाले गाउँभरीका महिलाले अन्न पिस्नका लागि उपयोग गर्न पाउनेगरी सबै वडाको महिलालाई पायक पर्ने स्थानमा राख्नेगरी कुटानीरपिसानी मिल प्रदान गरेको हो ।

    वर्षौँदेखि परम्परागत ढिकीजाँतो प्रयोग गर्दै आएका महिलाका लागि नगरपालिकाले निःशुल्क कुटानीरपिसानी मिल उपलब्ध गराएपछि उनीहरू हर्षित भएका छन् । दश स्थानीय तह रहेको जिल्लाका हरेक गाउँघरमा हालसम्म अन्न (धान, कोदो, मकै, गहुँ लगायत) पिस्नका लागि ढिकीजाँतोको प्रयोग हुने गरेको छ ।

    गाउँघरमा ढिकी वा जाँतोको प्रयोग गर्नेक्रममा महिलाले बढी शारीरिक श्रम गर्नुका साथै उत्तिकै समय खर्च गर्नुपर्ने हुन्छ । पछिल्लो समय जिल्लाका सबै स्थानीय तहले अनुदानमा उक्त किसिमको कुटानी/पिसानी मिल वितरण गर्न थालेका छन् ।

    यसैबीच खोटेहाङ गाउँपालिकाले किसान तथा कृषक समूहलाई हाते ट्याक्टर वितरण गरेको छ । आर्थिक वर्ष २०७७/७८ को स्वीकृत वार्षिक कृषि तथा पशु कार्यक्रम अन्तरगतको बजेट तथा कार्यक्रमबाट ७५ प्रतिशत अनुदानमा किसान तथा कृषक समूहलाई ११ वटा हाते ट्याक्टर उपलब्ध गराएको हो ।

    कृषि पेशालाई यान्त्रीकरण गर्दै व्यावसायिकरण गर्ने लक्ष्यकासाथ वडा नं २ वाप्लुखास्थित हरियाली कृषक समूह, वडा नं ८ सिम्पानीस्थित बगैंचा बहुउद्देश्यीय कृषक समूह, खतिवडा बहुउद्देश्यीय कृषि फर्म, बर्रे प्रगतीशील कृषक समूह र शुभलक्ष्मी कृषक समूह, खोटेहाङ गाउँपालिका–१ लिकुवापोखरीस्थित बंछाल कृषक समूह, वडा नं ६ इन्द्रेणीपोखरीस्थित दशमी कृषक समूह तथा गोदावरी कृषक समूहलाई एक÷एक थान हाते ट्याक्टर प्रदान गरिएको गाउँपालिकाका कृषि शाखा संयोजक ममिता खवासले बताए । 

    यस्तै, खोटेहाङ गाउँपालिका–१ लिकुवापोखरीस्थित पदमबहादुर न्यौपानेसहित पाँच कृषकको समूह, खोटेहाङ गाउँपालिका–८ सिम्पानीस्थित प्रल्हाद अधिकारीसहित पाँच जनाको समूह र खोटेहाङ गाउँपालिका–७ खोटाङबजारस्थित उमेश भट्टराईसहित पाँच जनाको समूहलाई एक-एक थान हाते ट्याक्टर प्रदान गरिएको छ ।

    किसानलाई अनुदानमा हाते ट्याक्टर उपलब्ध गराउन गाउँपालिकाले १५ दिने सूचना आव्हान गरेको थियो । गाउँपालिकाले गरेको १५ दिने सूचना आव्हानपछि परेको निवेदनका आधारमा ११ किसान र कृषक समूहलाई हाते ट्याक्टर प्रदान गरिएको गाउँपालिका प्रमुख प्रदिपकुमार राईले बताए । 

    किसानलाई जमिन जोत्ने हाते ट्याक्टर वितरणका लागि गाउँपालिकाले चालु आर्थिक वर्ष रु सात लाख रकम विनियोजन गरेको थियो ।

    गाउँपालिकाले उपलब्ध गराएको हाते ट्याक्टरमा किसानले २५ प्रतिशत बेहोरेका छन् । पछिल्लो समय जमिन खनजोतका लागि जिल्लाका किसान हाते ट्याक्टरप्रति आकर्षित हुन थालेका छन् ।

    गोरु नारेर हलोले जोतिने कतिपय खेतबारीमा पछिल्लो समय किसानले हाते ट्याक्टर चलाउन थालेको देख्न सकिन्छ ।

     

     

    २०७८, जेठ ३१ सोमवार०७:५२:३६

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार