कोरोनाका कारण सांसदको निधन

कोरोनाका कारण सांसदको निधन

२०७७, मंसिर २९ सोमवार

  • 1.4K
    SHARES

  • कोरोनाका कारण सांसदको निधन

    मंसिर २९, त्रिपोली ।

    कोरोनाभाइरसबाट सङ्क्रमित हुनुभएका लिवियाका एक जना सांसदको निधन भएको छ । 

    मोरक्कोस्थित एक अस्पतालमा उपचार गराइरहेका बेला सांसद ओमर गार्मिलको निधन भएको अधिकारीहरुले जनाएका छन् । 

    उनलाई झण्डै एक हप्ता अगाडि कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको थियो । त्यसपछि उनको उपचार भइरहेको थियो ।

    निधन भएका सांसद गार्मिल नोभेम्बरको अन्त्यतिर तान्जायर्समा भएको एउटा बैठकमा सहभागी भएका थिए । सो बैठकमा लिबियाका अरु १२० जना सांसद पनि सहभागी भएका थिए ।

    मोरक्कोको कुटनीतिक श्रोतका अनुसार सांसद गार्मिलको गत आइतबार नै निधन भएको हो । 

    मोरक्कोमा कोरोनाका कारण अहिलेसम्म झण्डै चार लाख मानिस सङ्क्रमित भएका छन् । तीमध्ये छ हजार ६२४ जनाको मृत्यु नै भएको छ । 

    त्यसैगरी लिबियामा अहिलेसम्म ९१ हजार जनामा कोरोनाको सङ्क्रमण पुष्टि भएको छ भने एक हजार ३१४ जनाको मृत्यु भएको छ ।- एजेन्सी ।  

    २०७७, मंसिर २९ सोमवार०८:५८:३८
    प्रतिक्रिया
    सम्बन्धित समाचार