काठमाडौं । पूर्व प्रधानमन्त्री एवं नेकपा एमाले वरिष्ठ नेता झलनाथ खनाल अस्पताल भर्ना भएका छन् ।
शरिरमा सामान्य ज्वरो आउनुका साथै रगतमा हेमोग्लेविनको मात्रा कम भएपछि उनलाई सोमबार बिहान नर्भिक अस्पताल भर्ना गरिएको हो ।
उनमा ४/५ दिनदेखि आएको ज्वरो नघटेपछि अस्पताल भर्ना गरेर थप परिक्षण गर्न लागिएको परिवार स्रोतले जनायो । हाल उनको स्वास्थ्य अवस्या स्थिर छ ।
खनालमा यसअघि कोरोना संक्रमण पुष्टि भएर लामो समय अस्पतालमा नै उपचार गरेर घर फर्किएका थिए ।