काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा ६०७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँमा ३९६ जना, ललितपुरमा १४५ जना र भक्तपुरमा ६६ जना गरि थप ६०७ संक्रमित भेटिएका छन् ।
आज देशभर थप २,९१८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ५३ जनाले ज्यान गुमाएका छन् ।