निकारागुवामा विपक्षी नेताहरु पक्राउ

निकारागुवामा विपक्षी नेताहरु पक्राउ

२०७८, आषाढ १ मंगलवार

  • 905
    SHARES

  • निकारागुवामा विपक्षी नेताहरु पक्राउ

    मानागुवा । निकारागुवाको प्रहरीले विपक्षी नेताहरूलाई धमाधम पक्राउ गर्न थालेको छ । 

    पछिल्लो हप्तामा मात्रै प्रभावशाली छ नेतालाई पक्राउ गरिसकिएको अधिकारीले जानकारी दिएका छन् ।

    ती मध्ये पाँच जना आइतबार मात्रै पक्राउ परेका हुन् । राष्ट्रपति डानीयल अर्टेगाको सरकारलाई चुनौति दिने नेताहरुलाई छानिछानी पक्राउ गर्ने गरिएको छ । 

    पक्राउ पर्नेमा गत नोभेम्बरमा भएको निर्वाचनमा उम्मेदवार भएका प्रभावशाली नेताहरु पनि रहेका छन् । 

    प्रहरी अधिकारीहरूले यही जुन २ देखि गिरफ्तार गर्ने क्रम सुरु गरेको र अहिलेसम्म १३ जनालाई गिरफ्तार गरिसकिएको छ ।- एजेन्सी । 

    २०७८, आषाढ १ मंगलवार०७:२०:३८

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार