भारतमा दैनिक संक्रमित संख्या ५० हजार नजिक

भारतमा दैनिक संक्रमित संख्या ५० हजार नजिक

२०७८, आषाढ १ मंगलवार

  • 1.4K
    SHARES

  • भारतमा दैनिक संक्रमित संख्या ५० हजार नजिक

    नयाँ दिल्ली । भारतमा आइतबार ६० हजार ४७१ व्यक्तिमा कोरोना सङ्क्रमण देखा परेको केन्द्रिय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले मङ्गलबार जानकारी दिएको छ । हिजो सोमबार भारतमा ७५ दिनयताकै यो सब भन्दा कम कोरोना सङ्क्रमित फेला परेको हो । 

    गत २४ घण्टामा भारतमा कोरोना सङ्क्रमणको कारण २ हजार ७२६ जनाको मृत्यु भएपछि भारतमा कोरोनाबाट मृत्यु हुने कूूल व्यक्तिको संख्या ३ लाख ७७ हजार ३१ भएको जनाइएको छ । यहाँ हाल कोरोना सङ्क्रमितको कूुल संख्या २ करोड ९५ लाख ७० हजार ८८१ पुगेको मन्त्रालयले मङ्गलबार जानकारी दिएको छ ।
     
    गत २४ घण्टामा १ लाख १७ हजार ५२५ जना कोरोना भाइरस सङ्क्रमित मुक्त भएका छन् । यसैसँग भारतमा २ करोड ८२ लाख ८० हजार ४७२ जना कोरोना मुक्त भएका बताइएको छ  । भारतमा कोरोना भाइरस सङ्क्रमण मुक्त हुने दर ९५.६४ प्रतिशत रहेको छ । हाल यहाँ ९ लाख १३ हजार ३७८ जना सक्रिय सङ्क्रमित रहेका छन् । 

    कोरोना शुरु भएयता हालसम्म यहाँँ ३८ करोड १३ लाख ७५ हजार ९८४ जनाको कोरोना परिक्षण भएको सरकारी स्रोतले जानकारी दिएको छ । गत जनवरी १६ बाट भारतमा कोरोना भाइरसविरुद्ध खोप अभियान शुरु भएको थियो । सो समयदेखि जुन १३ तारिखसम्म भारतमा २५ करोड ३१ लाख ९५ हजार ४८ डोज खोप लगाइएको थियो ।- एजेन्सी । 

    २०७८, आषाढ १ मंगलवार१२:३२:३५

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार