बेलायतकी महारानी एलिजाबेथसँग अस्ट्रेलियाली प्रधानमन्त्रीको भेट

बेलायतकी महारानी एलिजाबेथसँग अस्ट्रेलियाली प्रधानमन्त्रीको भेट

२०७८, आषाढ २ बुधवार

  • 1.5K
    SHARES

  • बेलायतकी महारानी एलिजाबेथसँग अस्ट्रेलियाली प्रधानमन्त्रीको भेट

    लन्डन । बेलायतकी महारानी एलिजाबेथ द्वितीयले अस्ट्रेलियाली प्रधानमन्त्री स्कट मरिसनसँग विन्डसर क्यासलमा प्रत्यक्ष भेटवार्ता गरेकी छन् ।  

    अस्ट्रेलियाली प्रधानमन्त्री विश्वका सम्पन्न सात मुलुक ९जी–७० को बैठकमा पर्यवेक्षकका रुपमा सहभागी हुन बेलायत आइपुगेका थिए ।  

    बेलायतको राजसंस्था अस्ट्रेलियाको पनि राजसंस्था रहेको छ । बेलायती कमनवेल्थ समूहका ५४ देशमध्ये अस्ट्रेलिया पनि एक हो । 

    यो साता ९५ वर्षीया बेलायती महारानी निकै व्यस्त भएकी थिइन् । उनी गत शुक्रबार बेलायतको दक्षिण पश्चिमस्थित कोर्नवालसम्म ट्रेनमा गएकी थिइन् । कोर्नवालमा सम्पन्न “सम्पन्न सात” ९जी–७० का नेताहरुको शिखर बैठकमा सहभागी विश्वका नेताहरुका लागि आयोजित रात्रिभोजमा उनी सरिक भएकी थिइन् ।  

    लगत्तै उनी शनिबार आफ्नो ९५ औं जन्मोत्सवका अवसरमा विन्डसरमा आयोजित सैनिक परेडमा सहभागी भएकी थिइन् । अर्को दिन उनले अमेरिकी राष्ट्रपति जो बाइडेन र उनकी धर्मपत्नी जील बाइडेनलाई राजप्रासादमा स्वागत गरेकी थिएन् । 

    कोरोनाभाइरस महामारीका कारण गत वर्ष महारानी एलिजाबेथले अनलाइन र भर्चुअल माध्यमबाट मात्र अतिथिहरुसँग भेटवार्ता गरेकी थिइन् । तर यसपटक खुला रुपमा उनले अतिथिहरुसँग भेटघाट गरिन् ।  

    अस्ट्रेलियाली प्रधानमन्त्री मोरिसनले बेलायती प्रधानमन्त्री बोरिस जोन्सनसँग पनि लन्डनमा भेटवार्ता गरेका थिए ।

    उनीहरुबीच एकअर्का मुलुकका कैयौं वस्तु एवं सेवामा लाग्दै आएका करहरु हटाएर स्वतन्त्र व्यापार सम्झौता गर्ने बारेमा एउटा खाकामा सहमति भएको थियो । एजेन्सी । 

     

    २०७८, आषाढ २ बुधवार०६:४२:३२

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार