इन्डोनेसियामा ६.१ म्याग्नीच्युडको भूकम्प

इन्डोनेसियामा ६.१ म्याग्नीच्युडको भूकम्प

२०७८, आषाढ २ बुधवार

  • 969
    SHARES

  • इन्डोनेसियामा ६.१ म्याग्नीच्युडको भूकम्प

    जाकार्ता । इन्डोनेसियामा बुधबार शक्तिशाली भूकम्प गएको छ । देशको पूर्वी क्षेत्रमा पर्ने मालुकु प्रान्तमा केन्द्रविन्दु भएर भूकम्प गएको हो । 

    भूकम्प गएपछि सुनामीको खतरा भने नरहेको अधिकारीहरुले बताएका छन् । भूकम्पले गरेको क्षतिका बारेमा पनि कुनै विवरण प्राप्त नभएको जनाइएको छ । 

    स्थानीय समय अनुसार बुधबार बिहान ११:४३ मा भूकम्प गएको थियो । भूकम्पले पारेको असरका बारेमा विवरण संकलन गर्ने कार्य भइरहेको अधिकारीहरुले जनाएका छन् । 

    इन्डोनेसियामा बर्सेनि दर्जनौं पटक भूकम्प आउने र ठूलो धनजनको क्षति हुने गरेको छ । -एजेन्सी 

    २०७८, आषाढ २ बुधवार०३:०२:३२

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार