जापानद्वारा राजधानी टोकियोमा सोमबारदेखि कोभिड–१९ आपतकाल हटाउने निर्णय

जापानद्वारा राजधानी टोकियोमा सोमबारदेखि कोभिड–१९ आपतकाल हटाउने निर्णय

२०७८, आषाढ ३ बिहिवार

  • 1.8K
    SHARES

  • जापानद्वारा राजधानी टोकियोमा सोमबारदेखि कोभिड–१९ आपतकाल हटाउने निर्णय

    टोकियो । जापान सरकारले राजधानी टोकियो सहित नौ वटा प्रिफेक्चरमा आगामी सोमबारदेखि कोभिड–१९ आपतकाल हटाउने निर्णय गरेको छ । 

    जापानको कोरोनाभाइरस सल्लाहकार समूहले आपतकाल हटाउन सिफारिस गरेसँगै सरकारले उक्त निर्णय लिएको हो । 
    गत अप्रिल २५ देखि राजधानी टोकियो, ओसाका, क्योटो र ह्योगोमा आपतकाल लगाइएको थियो ।

    यसअघि गत मे ११ मै आपतकाल हटाउने पूर्व निर्णय गरिए पनि दुई पटक आपतकाल बढाइएको थियो । नयाँ आपतकाल आइची, फुकुओका, होक्काइडो, ओकायामा, हिरोशिमा र ओकिनावा प्रिफेक्चरमा पनि विस्तार गरिएको थियो ।

    सरकारको निर्णय बमोजिम आगामी जुन २० देखि ओकिनावा बाहेक अन्यत्रको आपतकाल अन्त्य हुनेछ । 
    ओकिनामा भने कोभिड–१९ बाट संक्रमितको संख्या बढेको पाइएपछि आगामी जुलाई ११ सम्म आपतकाल कायम रहने छ । 

    तर कोभिड–१९ विरुद्धका प्रतिबन्धात्मक व्यवस्थाहरु सम्पूर्ण रुपमा अन्त्य भने हुने छैनन् । देशभित्र कोभिड–१९ बाट संक्रमितको संख्या लगातार न्यून भएको र खोप अभियान तिब्र बनाइएको छ । त्यहीकारण सरकारले आगामी जुलाई ११ सम्म टोकियो र अरु आठ वटा प्रिफेक्चरसम्म सामान्य आपतकालको अवस्था रहने जनाएको छ ।

    टोकियो गृष्मकालीन ओलम्पिक खेल शुरु हुन एक महिना मात्र बाँकी छ, र यस्तो अवस्थामा भाइरस पुनः फैलिन सक्ने अनुमान गरिएको छ । -एजेन्सी
     

    २०७८, आषाढ ३ बिहिवार०४:५३:०५

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार