गोर्खामा बूढीगण्डकीले बगायो दुई घर 

गोर्खामा बूढीगण्डकीले बगायो दुई घर 

२०७८, आषाढ ४ शुक्रवार

  • 1.3K
    SHARES

  • गोर्खामा बूढीगण्डकीले बगायो दुई घर 

    गोर्खा । धार्चे गाउँपालिका–१ स्थित यारु बगरमा बूढीगण्डकी नदीले केही दिनदेखि परेको लगातारको वर्षाका कारण आएको बाढीले दुई घर बगाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश दाहालका अनुसार नदीले यात्रु बगरका स्थानीयवासी राजकुमार ढकाल र गोपाल घलेको घर बिहीबार साँझ बगाएको हो । 

    त्यस्तै ढकालको घर नजीकै रहेको बाख्रासहितको खोरसमेत बगाएको उनले जानकारी दिए । घर बगाएको जानकारी पाएलगत्तै प्रहरी टोली त्यहाँ पुगेर पीडित परिवारलाई नजीकै छिमेकीको घरमा राखिएको प्रहरी नायब उपरीक्षक दाहालले बताए ।  

    “पीडित दुई परिवारलाई छिमेकीको घरमा आश्रय लिइरहनुभएको छ”, उनले भने, “थप जोखिममा परेका परिवारलाई समेत अन्यत्र सारिएको छ ।” नदीमा आएको बाढीले यारु बगरका थप सात घरसमेत उच्च जोखिमा रहेको जानकारी आएको प्रहरीले जनाएको छ । 

    २०७८, आषाढ ४ शुक्रवार११:४४:३१

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार