काठमाडौं । पछिल्लो २४ घण्टामा थप २ हजार ७६८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७ हजार ५६९ जनामा भएको पीसीआर परीक्षणमा १ हजार ९६३ र ५ हजार ४६८ जनामा गरिएको एन्टिजेन परीक्षणमा ८०५ गरी जम्मा २,७६८ जनामा संक्रमण पुष्टि भएको हो ।
नेपालमा कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा ४४ जनाको मृत्यु भएको छ भने ४ हजार २० जना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।