काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले कोभिड–१९ बाट प्रभावित ऋणीलाई प्रचलित ब्याज रकममा १० प्रतिशत छुट दिने भएको छ । बैंकले २०७८ साल असार मसान्तभित्र कर्जाको किस्ता तथा ब्याज बुझाउने कोभिड–१९ बाट प्रभावित ग्राहकलाई निजहरुले बुझाउने प्रचलित ब्याज रकमको सो मात्राको रकम छुट प्रदान गर्ने निर्णय गरेको हो ।
उक्त छुट सुविधाबाट नेपाल भरका ७ वटै प्रदेशका २४७ शाखा कार्यालयका एक लाख ८० हजार भन्दा बढी कर्जा ग्राहकहरू लाभान्वित हुने बैंकले अपेक्षा गरेको छ ।
यसले गर्दा ग्राहकले नियमित कर्जा भुक्तानी गर्न समस्या हुने देखिएको हुँदा ग्राहकहरुलाई व्याज रकममा छुट प्रदान गर्दा कर्जा भुक्तानी गर्न सहज हुने तथा व्यवसायको निरन्तरता एवं पुनरुत्थानमा सहयोग पुग्ने बैंकको अपेक्षा रहेको छ ।
यसअघि नेपाल राष्ट्र बैंकले गत जेठ ११ गते परिपत्र जारी गरी बैंक तथा वित्तीय संस्थाहरुलाई आफ्ना ग्राहकलाई प्रोत्साहन स्वरुप ब्याजदर वा ब्याज रकममा छुट प्रदान गर्न भनेको छ ।