खोटाङ । खोटाङको ऐँसेलुखर्क गाउँपालिका महेश्वरीमा किरात सङ्ग्रहालय बन्ने भएको छ ।
किरात धर्मसंस्कृति झल्किने आकर्षक पर्यटकिय गन्तव्य बनाउने उद्धेश्यले स्थानिय युवा समाजसेवी बिरुमान राई, खुक्साङ खम्बु, हीराकाजी राई लगाएतका स्थानिय युवाले निर्माण कार्य अगाडि बढाएका जिल्लाका प्रतिनिधिसभा सांसद एवं नेकपा एमाले संसदीय दल पुर्व मुख्य सचेतक विशाल भट्टराईले जनाएका छन् ।
बजेटको अभावमा काम सम्पन्न गर्न बाधा नपुगोस भनेर अघिल्लो आर्थिक वर्ष २०७६/७७ मा १० लाख, आ.व. २०७७/७८ मा २५ लाख रकम सांसद कोषबाट विनियोजन गरिएको सांसद भट्टराईले बताए ।
त्यस्तै भट्टराईको पहलमा आगामी वर्षबाट नेपाल सरकारको पर्यटन मन्त्रालयले रातो किताबमा बिधिवत राखेर बजेट एवं अन्य सहयोगमा सुनिस्चितता समेत गरेको छ ।

