पार्टीलाई नवीन ऊर्जा मिलेको छः पार्टी सभापति देउवा

पार्टीलाई नवीन ऊर्जा मिलेको छः पार्टी सभापति देउवा

२०७७, मंसिर ३० मंगलवार

  • 1.4K
    SHARES

  • पार्टीलाई नवीन ऊर्जा मिलेको छः पार्टी सभापति देउवा

    मंसिर ३०, काठमाडौं ।

    नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सोमवार देशव्यापीरुपमा आयोजना गरिएको विरोध प्रदर्शनले पार्टीलाई नवीन ऊर्जा प्रदान गरेको जनाएका छन् । सोमवार साँझ विज्ञप्ति जारी गरी उनले यो ऊर्जालाई अभिवृद्धि गर्दै कांग्रेस आगामी दिनमा अझ सशक्त ढङ्गले अघि बढ्ने उद्घोष गरेका छन् । 
     
    सभापति देउवाले प्रदर्शनमा भएको सहभागिताले एकाइसौँ शताब्दीका नेपाली जनता लोकतन्त्र र सङ्घीय लोकतान्त्रिक गणतन्त्रको मूल मार्गबाटै देशको भविष्य सुनिश्चित गर्न चाहन्छन् भन्ने बलियो मत आज प्रकट भएको उल्लेख गरेका छन् ।

    उनले प्रदर्शनमा योगदान पुर्याउने सबैलाई बधाई र उनीहरुप्रति सम्मान पनि व्यक्त गरेका छन् ।  

    २०७७, मंसिर ३० मंगलवार०६:४७:३४
    प्रतिक्रिया
    सम्बन्धित समाचार