टोखा नगरपालिकाले मेलम्ची र हेलम्बुका बाढीपीडितलाई २० लाख सहयोग गर्दै

टोखा नगरपालिकाले मेलम्ची र हेलम्बुका बाढीपीडितलाई २० लाख सहयोग गर्दै

२०७८, आषाढ ८ मंगलवार

  • 1.7K
    SHARES

  • टोखा नगरपालिकाले मेलम्ची र हेलम्बुका बाढीपीडितलाई २० लाख सहयोग गर्दै

    काठमाडौँ । टोखा नगरपालिकाले मेलम्ची र हेलम्बुका बाढीपीडितलाई रु २० लाख सहयोग गर्ने भएको छ ।

    काठमाडौँको उत्तरी क्षेत्रमा रहेको सो नगरपालिकाको सोमबार बसेको ७०औँ नगर कार्यपालिकाको बैठकले असार २ गते राति गएको बाढी तथा पहिरोबाट पीडित जनतालाई राहत र उद्दारका लागि उक्त सहयोग गर्ने निर्णय गरेको हो ।

    नगरपालिकाका उपप्रमुख ज्ञानमाया डङ्गोलले सिन्धुपाल्चोकमा बाढी र पहिरोले पु-याएको क्षति तथा उद्दारका लागि टोखाले कार्यपालिकाको बैठकमार्फत रु २० लाख राहतको घोषणा गरेको जानकारी दिए। 

    “मेलम्ची नै काठमाडौँ उपत्यकाको पानीको प्रमुख स्रोत भएको र सो स्थानमा विपद् पर्दा नगरपालिकाले थोरै भए पनि सहयोग गर्ने उदेश्यले उक्त राहत प्याकेज घोषणा गरेका हौँ,” उनले भने ।

    टोखाले घोषणा गरेको राहत प्याकेजमध्ये हेलम्बु गाउँपालिकालाई रु १० लाख र मेलम्ची नगरपालिकालाई रु १० लाख रहेको छ ।

    बुधबार राति आएको बाढीले मेलम्ची बजार डुवानमा पर्नुका साथै ठूलो जनधनको क्षति भएको थियो । यस्तै, टोखा नगरपालिकाले आर्थिक वर्ष २०७८र०७९ को वार्षिक नीति तथा कार्यक्रम भोलि ९बुधबार० नगरसभामा पेश गर्ने कार्यक्रम रहेको छ । 

    २०७८, आषाढ ८ मंगलवार०१:४६:०५

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार