काठमाडौं । सरकारी स्वामित्वमा रहेको राष्ट्रिय बीमा संस्थानको कार्यकारी प्रमुखमा पुनः कवि पाठक नियुक्त भएका छन् ।
गत जेठ १० गते पहिलो ३ वर्षे कार्यकाल पुरा गरेर बाहिरिएका पाठक पुनः सोही पदमा मन्त्रीपरिषदको निर्णयानुसार नियुक्त भएका हुन् ।
उनले २०७५ साल जेठ ६ गते मन्त्रिपरिषद्ले निर्णय गरे पश्चात जेठ ९ गते बीमा संस्थानमा पहिलो पाइला राखेका थिए ।
सरकारी स्वामित्वको विमा संस्थानले लामो समय देखि लेखापरिक्षण सम्पन्न नगरेको अवस्थामा पाठकले ५ वर्ष भन्दा बढीको सम्पन्न गरेका र अन्य धेरै वर्षहरुको पनि प्रारम्भिक खाका तयार भएको बताइएको छ ।
कृषि विकास बैकमा रहेर लामो समय काम गरेका पाठक आर्थीक अनियमितताका सम्बन्धमा निष्कलंक मानिन्छन् ।
संस्था सुधारका विषयमा नितिगत निर्णय गरेरै अगाडि बढ्न रुचाउने पाठकले लेखापरिक्षण लगाएतका काम सम्पन्न गरि सर्वसाधारणलाई शेयर जारी गराउने अवस्थामा पुर्याउने विश्वास संस्थानका कर्मचारीले नाम नछाप्ने सर्तमा बताए ।