जीप दुर्घटनामा एकको मृत्यु, पाँच घाइते

जीप दुर्घटनामा एकको मृत्यु, पाँच घाइते

२०७७, मंसिर १४ आइतवार

  • 1.5K
    SHARES

  • जीप दुर्घटनामा एकको मृत्यु, पाँच घाइते

    मंसिर १४, बेनी । 

    म्याग्दीको मङ्गला गाउँपालिका–२ बावियाचौरको काफलचौरमा भएको बोलेरो जीप दुर्घटनामा एकको मृत्यु भएको छ, भने पाँच जना घाइते भएका छन् । बाबियाचौर लाम्पाटाबाट सल्लानतर्फ जाँदै गरेको प्रदेश २–०३००१ च ०२५२ नम्बरको बोलेरो जीप आज बिहान भाइबाङ खोला नजिकको सडकबाट खसेर दुर्घटना भएको हो । 

     दुर्घटनमा परेर जीपमा सवार ११ वर्षीया बालिका करिस्मा क्षेत्रीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । दुर्घटनमा परी जीपका चालक ४२ वर्षका खुमबहादुर कटुवालसहित पाँच जना घाइते भएका छन् । घाइते चालक कटुवाल र उनकी श्रीमती सुनिता क्षेत्री, जीपमा सवार सुकला केसी, कृपा क्षेत्री र राजन क्षेत्रीलाई उपचारका लागि बेनी अस्पताल लगिएको छ ।

    २०७७, मंसिर १४ आइतवार०२:१६:१४
    प्रतिक्रिया
    सम्बन्धित समाचार