बेलायतमा भानुजयन्ती 

बेलायतमा भानुजयन्ती 

२०७८, आषाढ २६ शनिवार

  • 1.6K
    SHARES

  • बेलायतमा भानुजयन्ती 

    लन्डन । बेलायतस्थित साहित्यिक संस्था नेपाली साहित्य विकास परिषद् युकेका आयोजनामा शुक्रबार आदिकवि भानुभक्त आचार्यको जन्मजयन्ती मनाइएको छ । नेपाल, भारत र बेलायतका सर्जकको सहभागिता रहेको भर्चुअल समारोहमा परिषद्का पदेन संरक्षक एवं बेलायतस्थित नेपाली  राजदूत लोकदर्शन रेग्मीले नेपाली साहित्यको समृद्धिका लागि परिषद्लाई सहयोग गरिने जानकारी दिए ।  

    परिषद् नेपाल शाखाका सल्लाहकार प्रा डा देवीप्रसाद सुवेदीले आदिकवि भानुभक्तले रामायणमार्फत भाषिक एकता गर्नुभएको बताए । परिषद्का संस्थापक अध्यक्ष सुरेशजङ्ग शाहले बेलायतमा नेपाली भाषा साहित्यको संरक्षण तथा सर्जकलाई प्रोत्साहन गर्न परिषद्ले काम गरिरहेको बताए । परिषद्का अध्यक्ष कोमलप्रसाद श्रेष्ठ मल्लले भानुभक्तले तत्कालीन समाजमा साहित्यिक जागरण अभियान शुरु गर्नुभएको बताए । 

    २०७८, आषाढ २६ शनिवार०२:२९:१८

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार