अफगानिस्तानमा तनाब बढेपछि भारतले कान्दाहारको कन्सुलेट कार्यालयबाट आफ्ना कर्मचारीलाई फिर्ता गर्यो

अफगानिस्तानमा तनाब बढेपछि भारतले कान्दाहारको कन्सुलेट कार्यालयबाट आफ्ना कर्मचारीलाई फिर्ता गर्यो

२०७८, आषाढ २७ आइतवार

  • 2.2K
    SHARES

  • अफगानिस्तानमा तनाब बढेपछि भारतले कान्दाहारको कन्सुलेट कार्यालयबाट आफ्ना कर्मचारीलाई फिर्ता गर्यो

    नयाँ दिल्ली । अफगानिस्तानको कान्दाहारमा रहेको आफ्नो कूटनीतिन नियोगबाट भारतले आफ्ना कर्मचारीलाई फिर्ता लगेको बताएको छ । अफगानी सेना र तालिबानीहरुबीच कान्दाहार प्रान्तमा केही दिनयता देखि तनाब बढेको छ । 

    सो क्षेत्रमा तनाव बढ्न थालेपछि भारतले आफ्ना कर्मचारीलाई कान्दाहारमा रहेको नियोगबाट फिर्ता गरेको बताएको हो । भारतीय विदेश मन्त्रालयका प्रवक्ता अरिन्दम बागचीले आइतबार यस विषयमा जानकारी दिए ।

    अफगानिस्तानको दक्षिणी कान्दाहार शहरमा तालिबानी लडाकूले कब्जा गर्न थालेको भन्ने समाचार अएपछि भारतले सो शहरमा रहेको आफ्नो नियोगबाट आफ्ना कर्मचारीहरुलाई बाहिर निकालेको जनाएको छ ।

    भारतीय विदेश मन्त्रालयका प्रवक्ता अरिन्दम बागचीले भारतले अस्थायी रुपमा यो काम गरेको जानकारी आइतबार दिएका हुन् । भारतले आफ्नो कर्मचारीलाई शनिबार नै सो शहरबाट फिर्ता गरेको थियो ।

    प्रवक्ता अरिन्दम बागचीले तर सो स्थानमा रहेको भारतको कन्सुलेट कार्यालय भने बन्द गरेको छैन । आफ्ना कर्मचारीको सुरक्षाका लागि उनीहरुलाई कान्दाहारबाट फिर्ता गरिएको तर कन्सुलेट कार्यालय भने बन्द नगरिएको उनले बताए । 

    साथै प्रवक्ता बागचीले भारतीय अधिकारीहरुले अफगानिस्तानमा विकसित सुरक्षा चुनौतीलाई नजिकबाट नियालिरहेको पनि बताए ।

    उनले पछिल्लो समयमा अफगानिस्तानमा विकसित भएको परिस्थिति र त्यहाँको सुरक्षा अवस्थाका बारेमा भारतले नियालेको उनले बताए ।  

    प्रवक्ता बागचीले भने, ‘कान्दाहारमा रहेको भारतको कन्सुलेट जनरल कार्यालय बन्द भएको छैन । तत्कालको लागि कान्दाहार सहर नजिकै युद्ध भइरहेकोले भारतीयहरुको सुरक्षाका कारण उनीहरुलाई फिर्ता ल्याइएको हो ।- एजेन्सी । 

    २०७८, आषाढ २७ आइतवार०३:४७:४१

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार