आइपिओ जारी गर्ने तयारीमा नर्भिक अस्पताल

आइपिओ जारी गर्ने तयारीमा नर्भिक अस्पताल

२०७८, आषाढ २९ मंगलवार

  • 1.1K
    SHARES

  • आइपिओ जारी गर्ने तयारीमा नर्भिक अस्पताल

    काठमाडौं । थापाथलीस्थित नर्भिक इन्टरनेशनल अस्पतालले सर्वसाधारणका लागि प्राथमिक सार्वजनिक निष्कासन (आइपिओ) निष्कासनको तयारी गरेको छ ।

    अस्पताल हालै प्राइभेट कम्पनीबाट पब्लिक कम्पनीमा रुपान्तरण भएसँगै आइपिओ जारीको तयारी गरिएको हो । अस्पतालले हालै आफूलाई प्राइभेट कम्पनीबाट पब्लिकमा रुपान्तरण गरेको हो ।

    जनसहभागितालाई समेत सुनिश्चित गर्ने अवधारणाअन्तर्गत आफूलाई प्राइभेट कम्पनीबाट पब्लिक कम्पनीमा रुपान्तरण गरेको अस्पतालका कार्यकारी निर्देशक राजेन्द्रबहादुर सिंहले जानकारी दिए ।

    उनका अनुसार अब सो अस्पताल ‘नर्भिक इन्टरनेशनल हस्पिटल एन्ड मेडिकल कलेज लिमिटेड’ भएको छ ।

    अस्पताल नेपालको शेयर बजारमा सूचीकृत हुने पहिलो अस्पताल तथा मेडिकल कलेज बन्ने गरी काम अगाडि बढेको उनले जानकारी दिए ।

    २०७८, आषाढ २९ मंगलवार०१:५१:२१

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार