वाग्मती प्रदेशमा खोपका लागि रु दुई अर्ब  विनियोजन

वाग्मती प्रदेशमा खोपका लागि रु दुई अर्ब  विनियोजन

२०७८, श्रावण २ शनिवार

  • 893
    SHARES

  • वाग्मती प्रदेशमा खोपका लागि रु दुई अर्ब  विनियोजन

    वाग्मती । वाग्मती प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले कोरोनाको तेस्रो भेरियन्टमा बालबालिका अत्यधिक प्रभावित हुने भएकाले प्रदेश मातहतका अस्पताललाई २० प्रतिशत श्यया छुट्याउन निर्देशन गरेको छ ।

    सामाजिक विकासमन्त्री सरस्वती बस्नेतले कोरोनाविरुद्धको खोप व्यवस्थापनदेखि सङ्क्रमितलाई उपचार गर्न अस्पतालमा श्ययाको तयारी तथा अक्सिजन प्लान्टको तयारी प्रदेश सरकारले गरिरहेको जानकारी दिइन् ।

    चालू आर्थिक वर्ष २०७८/७९ मा प्रदेशका सबै नागरिकलाई कोरोनाविरुद्धको खोप लगाइने जनाउँदै उनले खोप लगाउन सरकारले विशेष प्राथमिकता दिएको र खोप व्यवस्थापनका लागि रु दुई अर्ब बजेट विनियोजन गरिएको बताइन् ।

    मन्त्रालयको गतिविधिका बारेमा आज यहाँ सञ्चारकर्मीसँग आज कुराकानी गर्दै उनले खोप खरीदका लागि प्रदेश सरकारले पनि पहल गरिरहेको रसंभव नभएमा सङ्घीय सरकारसँग सहकार्य गरेर खोप लगाउने ल्याउने प्रतिवद्धता जनाइन् ।

    उनले कोरोना सङ्क्रमणबाट सुरक्षित रहन स्वास्थ्य मापदण्डको पालना गर्नुपर्नेसमेत  आग्रह गरिन् । यसैबीच प्रदेश  सरकारलाई ‘एसटिसी ग्रुप’ नामक सस्ंथाद्वारा २०० अक्सिजन सिलिण्डर प्रदान गरिएको छ ।

    संस्थाका प्रबन्ध निर्देशक सुरेन्द्र उप्रेतीले हालै सामाजिक विकास मन्त्रालयलाई ती सिलिण्डर हस्तान्तरण गरेको जनाइएको छ ।

    २०७८, श्रावण २ शनिवार०१:५४:१२

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार