नेपाल–आयरल्याण्ड मैत्री सङ्घ स्थापना

नेपाल–आयरल्याण्ड मैत्री सङ्घ स्थापना

२०७७, पौष २ बिहिवार

  • 2.8K
    SHARES

  • नेपाल–आयरल्याण्ड मैत्री सङ्घ स्थापना

    पौष २, काठमाडौं ।  

    नेपाल र आयरल्याण्डबीचको सामाजिक, साँस्कृतिक, शैक्षिक र पर्यटकीय लगायत जनस्तरको सम्बन्ध विकास तथा विस्तारमा सक्रिय व्यक्तिहरुको बुधबार बसेको भेलाले गङ्गाराम कँडेलको अध्यक्षतामा नेपाल–आयरल्याण्ड मैत्री सङ्घ स्थापना गरेको छ । 

    समाजका तीन उपाध्यक्षमा पुनम सुवेदी, डोलिन्द्रप्रसाद शर्मा र प्रा डा लक्ष्मणप्रसाद गौतम तथा महासचिवमा श्री सुमन घिमिरे रहेका छन् ।

    समाजका सचिवद्वयमा मुकुन्द भुसाल (सङ्गठन तथा सञ्चार) र इन्दिरा पनेरु (जनसम्पर्क तथा संस्कृति) एवं कोषाध्यक्षमा विष्णु दवाडी रहेका छन् ।  

    समाजका कार्यकारी सदस्यहरुमा शान्तबहादुर मल्ल, विमल भौकाजी, हरि गौतम, बद्री ढकाल, कृष्ण भट्टराई, हरिकुमार थापा, लव सुवेदी, पार्वती क्षेत्री, कुमार दाहाल, भरत भारद्वाज, कमल सुवेदी, शिखरकुमार श्रेष्ठ र भोजेन्द्र केसी रहेका छन् ।

    समाजको संरक्षकमा आयरल्याण्डका लागि नेपाली राजदूत र सल्लाहकारद्वयमा नेपालका लागि आयरल्याण्डका अवैतनिक वाणिज्यदूत मनोजबहादुर श्रेष्ठ तथा नेपाल आयरल्याण्ड सोसाइटीका अध्यक्ष दीपेशमान शाक्य रहेका छन् । 

    २०७७, पौष २ बिहिवार०७:५३:४९
    प्रतिक्रिया
    सम्बन्धित समाचार