दौडियो नेप्से, ९७ अंकले बजार बढ्दा ११ अर्बभन्दा बढीको कारोबार

दौडियो नेप्से, ९७ अंकले बजार बढ्दा ११ अर्बभन्दा बढीको कारोबार

२०७८, श्रावण ३ आइतवार

  • 2.8K
    SHARES

  • दौडियो नेप्से, ९७ अंकले बजार बढ्दा ११ अर्बभन्दा बढीको कारोबार

    काठमाडौं । देउवा सरकारले विश्वासको मत प्राप्त गर्ने अनुमान बमोजिम आज नेप्से परिसूचक करिब ३ हजार विन्दुको नजिक पुगेको छ ।

    ९७.२१ अंकले बढ्दै नेप्से २९८०.६१ विन्दुमा पुगेको हो । कारोबार रकममा पनि एक महिनापछि १० अर्ब नाघेको छ ।

    आज २ करोड ८८ लाख ६३ हजार ९३ कित्ताको सेयर किनबेचमा ११ अर्ब ६३ करोड ८१ लाख २६ हजार ४९३ रूपैयाँ कारोबार भयो ।

    असार मसान्तसम्म बैंकको ब्याज तिर्नुपर्ने कारण र धितोपत्र बोर्डले गत असार १ गते ५१ वटा कम्पनीलाई जोखिम भन्दै कम्पनीको नामसहित सूची प्रकाशित गरेपछि ३ हजार नाघेको नेप्से पुनः ओरालो लागेको थियो ।

    नवनियुक्त अर्थमन्त्री जनार्दन शर्माले पुँजीबजारलाई नीतिगत नियममा नबाँध्ने बताएका थिए ।

    आज हिमालय पावर पार्टनर लिमिटेड, सिंगटी हाइड्रो लिमिटेड, सिन्धु विकास बैंक, नाग्दी ग्रुप पावर र समृद्धि फाइनान्स कम्पनीको सकारात्मक सर्किट लागेको छ ।

    यसैगरी, मञ्जुश्री फाइनान्स कम्पनीको ४० करोड, नबिल बैंकको ३८ करोड बराबरको कारोबार भयो । आज उपसूचक समूहका सबै सूचकमा हरियाली छाएको छ ।

    सबैभन्दा धेरै आज विकास बैंकको उपसूचक ५.०५ प्रतिशतले बढ्यो । त्यसैगरी, बैंकिङ समूहको पनि ४.७१ प्रतिशतले सेयर बढ्न पुगेको छ ।

    २०७८, श्रावण ३ आइतवार०४:१४:१९

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार