‘चिनियाँ आर्थिक विकास दर स्थिर’

‘चिनियाँ आर्थिक विकास दर स्थिर’

२०७८, श्रावण ५ मंगलवार

  • 1.0K
    SHARES

  • ‘चिनियाँ आर्थिक विकास दर स्थिर’

    बेइजिङ । सन् २०२१ को पूर्वार्धमा आर्थिक विकास दर स्थिर अवस्थामा रहेको यहाँको राष्ट्रिय विकास तथा सुधार आयोगले सोमबार जानकारी गराएको छ ।
     
    सोमबार पत्रकार सम्मेलन गरी चीनको आर्थिक परिस्थितिबारे जानकारी गराइएको हो । 

    चिनियाँ बर्षको पूर्वार्धमा उत्पादन मात्रा ५३२ खर्ब १६ अर्ब ७० करोड चिनियाँ युआन पुगेको आयोगले बताएको छ ।  गत वर्षको सोही अवधिको तुलनामा यो १२.७५ ले वृद्धि हो ।

    तथ्याङ्क अनुसार चीनको कृषि उत्पादन स्थिर देखिएको छ । औद्यौगिक उत्पादन द्रूतरूपमा विकास भएको र सेवा व्यवसायहरू पुनरूत्थान हुँदै आएको आयोगले बताएको छ ।

    तीन वटा आवश्यकताबाट हेर्दा लगानीको पुनरूत्थान हुँदैआएको, उपभोगको पुनरूत्थान शक्ति बलियो भएको र निर्यातको मात्रा विकास हुँदै गएको आयोगको भनाइ रहेको छ । 

    त्यसैगरी वासिन्दाको आम्दानीको वृद्धि दर तथा आर्थिक विकासको दर बराबर देखिएको र रोजगारीको परिस्थिति स्थिर भएका कारण बजारको भविष्य समृद्ध हुनसक्ने आयोगले प्रक्षेपण गरेको छ । -एजेन्सी । 

    २०७८, श्रावण ५ मंगलवार०७:२३:०३

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार