बाँदर नियन्त्रणका लागि पाँचपोखरी थाङपाल गाउँपालिकाले भन्यो - ‘बाँदर धपाउन कुकुर लिएर आउनु ’

बाँदर नियन्त्रणका लागि पाँचपोखरी थाङपाल गाउँपालिकाले भन्यो - ‘बाँदर धपाउन कुकुर लिएर आउनु ’

२०७८, श्रावण ५ मंगलवार

  • 1.2K
    SHARES

  • बाँदर नियन्त्रणका लागि पाँचपोखरी थाङपाल गाउँपालिकाले भन्यो - ‘बाँदर धपाउन कुकुर लिएर आउनु ’

    सिन्धुपाल्चोक । बाँदर नियन्त्रणका लागि पाँचपोखरी थाङपाल गाउँपालिका–३ भोताङले ‘बाँदर धपाऔँ बालिनाली बचाऔँ’ अभियान शुरुआत गर्ने भएको छ । यसका हरेक घरधुरीबाट एक जना सहित कुकुर पनि लिएर आउन अनुरोध गरिएको छ ।  

    वडा कार्यलयले आज एक सूचना जारी गर्दै बाँदर धपाउने कार्यमा सहयोगगर्न आग्रह समेत गरेको छ । वडाका विभिन्न टोलबाट बाँदरले बालिनाली पूर्ण रुपमा नष्ट गरेको भन्ने गुनासो आएकोले अभियान शुरु गरिएको वडाध्यक्ष ङिमाछिरिङ तामाङले जानकारी दिए ।  

    बाँदर नियन्त्रणका लागि एकपटक अभ्यास गर्न लागिएको उनले जानकारी दिए । बाँदर धपाउन केन्द्र तथा प्रदेश सरकारले दीर्घकालीन उपाय खोज्नुपर्नेमा उनले जोड दिए । 

    २०७८, श्रावण ५ मंगलवार०३:०४:१९

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार