धितो रोक्का भएको तीन महिनामा पनि कर्जा प्रवाह भएन

धितो रोक्का भएको तीन महिनामा पनि कर्जा प्रवाह भएन

२०७८, श्रावण ५ मंगलवार

  • 1.0K
    SHARES

  • धितो रोक्का भएको तीन महिनामा पनि कर्जा प्रवाह भएन

    सोलुखुम्बु । धितो रोक्का गरेको तीन महिना वितिसक्दासमेत कर्जा प्राप्त गर्न नसकेकामा सेवा ग्राहीले गुनासो गरेका छन् ।

    सोलुदूधकुण्ड नगरपालिका–५का सैलुन व्यवसायी अशोककुमार ठाकुर हजामले कृषि विकास बैंक लिमिटेड शाखा कार्यालयबाट कर्जा लिन गत वैशाख १२ गते धितोबापतको जग्गा रोक्का राखेका थिए । उनले आजसम्म कर्जा प्राप्त गर्न नसकेको गुनासो गरे ।

    उनले भगवतीपुर–६ सिरहा निवासी सीतादेवी हजमनीको नाउँमा रहेको जग्गा धितो राखी रु १८ लाख ३० हजार ६०० कर्जाका लागि माग गरेको बताए । अन्तर जिल्ला कर्जा प्रवाह नगर्न परिपत्र भएकाले समस्या भएको बैँकका शाखा प्रबन्धक घनश्याम श्रेष्ठले जानकारी दिए । 

    २०७८, श्रावण ५ मंगलवार०३:१२:४३

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार