पौष २, काठमाडौँ ।
यातायात व्यवसायीको चर्को विरोधपछि काठमाडौं उपत्यकाबाट जोरबिजोर प्रणाली हट्ने भएको छ।
शुक्रबारदेखि काठमाडौं उपत्यकामा सबै किसिमका गाडीहरु गुड्न पाउनेछन्।
जिल्ला प्राशसन कार्यालय काठमाडौंमा बसेको सरकारोवालाहरुको बैठकले सार्वजनिक सवारीमा जोर-बिजोर प्रणाली शुक्रबारदेखि हटाउने निर्णय गरेको हो।
तोकिएको स्वास्थ्य मापदण्ड पालना गरी सबै किसिमका सवारीहरु चल्न पाउने बताइएको छ।
यसअघि नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ, नेपाल यातायात मजदुर संघ, अखिल नेपाल मजदुर संघ, नेपाल यातायात स्वतन्त्र मजदुर संगठनको संयुक्त बैठकले शुक्रबारबाट जोरविजोर नमान्ने निर्णय गर्दै देशभरका व्यवसायीहरुलाई सबै सवारीसाधन संचालन गर्न सर्कुलर जारी गरेका थिए।
त्यसपछि भएको सरोकारवालाहरुको बैठकमा सबै किसिमका सवारी साधन संचालन गर्न दिने सहमति बनेको हो।